१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

डिसी नेपाल
२४ साउन २०८० १८:२७
60
Shares

काठमाडौं। गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च सार्वजनिक भएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलभएको १० महिनापछि बुधबार एक कार्यक्रमबीच खर्च विवरण सार्वजनिक गरेको हो। नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ।

जसमा २१ वटा उपशीर्षकमा खर्च विवरण प्रस्तुत गरिएको छ। खेलाडीले पाउनुपर्ने रकम भुक्तानी वैशाखमा भइसकेको राखेपले जनाएको छ। यसपटक रकम सिँधै खेलाडीको खातामा जम्मा गरिएको सदस्यसचिव टंकलाल घिसिङले बताए।

८०० जना भन्दा बढीले स्वर्ण पदक पाएको र पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उनले बताए।

नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.