विश्वकप क्रिकेटका ९ खेलको मिति परिवर्तन
काठमाडौं । आगामी क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलको मिति परिवर्तन भएको छ भने अन्य आठ खेलको तालिका पनि परिवर्तन भएको छ ।
सुरुमा भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुने भनिएको थियो तर स्थानमा कुनै परिवर्तन नगरे पनि एक दिन अगाडि सारिएको छ ।
यो परिवर्तनका कारण अफगानिस्तान र इंग्ल्याण्डबीचको दिल्लीमा हुने खेलको मिति १४ अक्टोबरको सट्टा १५ अक्टोबर गरिएको छ ।
पाकिस्तानको श्रीलंकासँग हैदराबादमा हुने खेल १२ अक्टोबरको सट्टा १० अक्टोबरमा सारिएको छ ।
यससँगै अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल २४ घण्टा अगाडि अक्टोबर १२ मा आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, अक्टोबर १४ मा चेन्नईमा हुने न्यूजिल्याण्ड र बंगलादेशबीचको खेल अब अक्टोबर १३ मा हुनेछ ।
नोभेम्बर १२ मा लिग चरणको अन्त्यका लागि निर्धारित दुई खेलहरू नोभेम्बर ११ मा पुन: तालिकाबद्ध गरिएको छ – अष्ट्रेलिया र बंगलादेशको पुणेमा बिहान १०.३० बजे र इंग्ल्याण्ड र पाकिस्तानबीचको कोलकातामा दिउँसो २ बजेबाट।
विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ र अन्तिम लिग खेल इंग्ल्याण्ड र न्यूजील्याण्डबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ जहाँ फाइनल खेल नोभेम्बर १९ मा खेलिनेछ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेटले पनि टिकट बिक्रीको तालिका सार्वजनिक गरेको छ, जुन २५ अगस्टबाट सुरु हुनेछ ।







डिसी नेपाल







Facebook Comment