आफूले इन्स्टाग्रामबाट करोडौं कमाएको चर्चाबारे विराट कोहलीले के भने ?
काठमाडौं । विराट कोहलीले इन्स्टाग्राममा आफ्नो कथित कमाईको बारेमा चलिरहेको समाचारमा टिप्पणी गरेका छन्।
हालै होपर हेडक्वार्टरको रिपोर्टमा विराट कोहलीले आफ्नो एउटा इन्स्टाग्राम पोस्टको लागि ११ करोडभन्दा बढीको माग गरेको बताइएको छ । यति ठूलो रकम लिएको खबरपछि कोहलीले आफ्नो मौनता तोड्दै यो रिपोर्ट गलत भएको बताएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘यद्यपि जीवनमा जे पाएको छु त्यसका लागि म कृतज्ञ र ऋणी छु तर सामाजिक सञ्जालबाट मेरो कमाइको बारेमा फैलिएको समाचार सत्य होइन ।’
‘इकोनोमिक टाइम्स’मा होपर हेडक्वार्टरलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टका अनुसार फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा ३.२३ मिलियन २६.७५ करोड डलर लिन्छन । योसँगै मेस्सीले २५ करोड ६० लाख अमेरिकी डलर अर्थात २१ करोड ४९ लाख रुपैयाँ लिन्छन ।
कोहली विश्वका टप २० इन्स्टाग्राम इन्फ्लुएन्सरको सूचीमा परेका छन् । विराट कोहली विश्वका उत्कृष्ट क्रिकेटरमध्ये एक हुन् ।
उनले धेरै ब्रान्डका लागि विज्ञापन गर्छन्। उनले आईपीएलबाट पनि मनग्य आम्दानी गर्छन् ।







डिसी नेपाल







Facebook Comment