माधव नेपालको संश्लेषण : अब समाजवादी क्रान्तिको चरण, जबजले मार्गदर्शन गर्न सक्तैन

डिसी नेपाल
५ भदौ २०८० १५:३१
96
Shares

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)को आजदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा नयाँ पार्टी पुनर्गठनको औचित्य पुष्टि गर्ने आधार प्रस्तुत गरेका छन् ।

उनले आफ्नो नेतृत्वमा गठित एकीकृत समाजवादीबीच राजनीतिक र सैद्धान्तिक दृष्टिकोण प्रस्तुत गरेका छन् ।उनले २०६२ /६३ को जनआन्दोलनलाई जनवादी क्रान्तिको संज्ञा दिँदै त्यसपछि बदलिएको राजनीतिक परिस्थितिमा मदन भण्डारीले प्रतिपादन गरेको पार्टीको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनबादले मार्गदर्शन गर्न नसक्ने संश्लेषण गरेका छन्।

‘जबजले केबल राज्यसत्ताको मात्रै होइन कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रिकरणको मान्यता पनि राखेको छ । साथै प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ।,’ उनको प्रतिवेदनमा लेखिएको छ,‘यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ। तथापि जबज समाजवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त होइन।’

अध्यक्ष नेपालले पार्टीको राजनीतिक कार्यदिशा जबज पार्टीभित्र लाकतान्त्रिक चरित्र जिवन्त राख्न आवश्यक रहेको उल्लेख गर्दै अहिले समाजवादी क्रान्तिको चरण भएकाले त्यसको मार्गदर्शन गर्न नसक्ने उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.