एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको भेट

डिसी नेपाल
५ भदौ २०८० १९:१५
28
Shares

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता भएको छ ।

ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.