एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

डिसी नेपाल
७ भदौ २०८० १९:५८
36
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानीक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको छ । बैठकले मंसीरसम्म कमिटी नभएका पालीका र वडाहरुमा कमिटी गठन गर्ने र सवै कमिटीहरुले सदस्यताको विवरण संकलन गर्ने, महाधिवेशनलाई केन्द्रीत गरि भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी असोजमा एक महिना पार्टीका मुद्धाहरु सुनाउने उदेश्यका साथ मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने, महाधिवेशन अगावै युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने, कार्यक्षेत्रको बिभाजन गर्दा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी तोकिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले १५ दिनमा पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष एवं सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुन आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए ।

बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र पार्टीका तर्फबाट जनतालाई सुसूचित गर्न अनुगमन समिति बनाउने निर्णय गरेको उनले बताए । बैठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय बिषयहरुमा बिभिन्न १९ बुँदे प्रस्ताव पारित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.