क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
काठमाडौं। एसिया कप क्रिकेट खेल्नका लागि राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि सोमबार पाकिस्तान प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए। पाकिस्तान जानु अघि सन्दीपले एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए। आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको पनि उनले बताए।
त्यस्तै राखेप सदस्य सचिव घिसिङले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको भन्दै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको बताए। एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने उनले बताए।

मुद्दाको पेशी आईतबार रहेका कारण सन्दीप नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् । मुद्धा आईतबार हेर्न नभ्याईने भन्दै भदौ २१ गतेको पेशी तोकिएको छ। अर्को पेशी अघिनै खेल्न भ्याईने भएपछि सन्दीप एसिया कपका लागि पाकिस्तान गएका हुन् । नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ।

गत मंगलबार नै नेपाली टिमका अन्य खेलाडी एसिया कपका लागि पाकिस्तान गइसकेका छन्। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग १३ भदौ र भारतसँग १८ भदौमा खेल्ने तालिका छ।







डिसी नेपाल







Facebook Comment