नेपालले सुरुवातमै तीन विकेट गुमायो
काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
मुल्तानमा भइरहेको खेलमा नेपालले दुवै ओपनरसँगै कप्तान रोहित पौडेलको विकेट गुमाऐका हो । पहिलो विकेट कुशल भुर्तेल ८ रन बनाएर आउट भए । उनी शाहिन शाह अफ्रिदिको बलमा विकेट किपरको मोहम्मद रिजवानको हात बाट क्याच भए ।
यस्तै दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । पहिलो बलमै उनी अफ्रिदिको बलमा एलबीडब्लू भए । तेस्रो विकेटमा पाकिस्तानका नसिम शाहले आसिफ शेखको विकेट लिए ।
३४३ रनको लक्ष्य पछ्याएको नेपालले ३ अोभरमा ३ विकेट गुमाएर १८ रन बनाएको छ । क्रिजमा अहिले आरिफ शेख र सोमपाल कामी रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment