माओवादीको तीन महिने अभियान आजबाट सुरु
काठमाडौं। नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ काे भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन्।
माओवादी केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष दाहालले बिहान ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी मुख्यालय पेरिसडाँडाबाट अध्यक्ष दाहालले साे सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
सो अघि अध्यक्ष दाहालले चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडा पार्कबाट अभियानको उद्घाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाइएको छ।







डिसी नेपाल








Facebook Comment