रास्वपाले आज मधेस प्रदेशस्तरीय प्रशिक्षण गराउँदै

डिसी नेपाल
१६ भदौ २०८० ७:२१
36
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट मधेस प्रदेशमा बिशेष प्रशिक्षणको आयोजना गर्दैछ।

भोलिसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक बिषयमा उक्त प्रशिक्षण हुनेछ।

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजवाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिएका छन्।

मधेसमा हुने सो प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन्।

मधेस प्रदेशमा हुने प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ। जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.