युवा संघ कार्यवहाक अध्यक्षमा पुष्प श्रेष्ठ
काठमाडाैं। नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवहाककाे जिम्मेवारी पुष्प श्रेष्ठलाई दिइएकाे छ।
अध्यक्षा क्षितिज थेबे एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएपछि कार्यवहाककाे जिम्मेवारी श्रेष्ठलाई दिइएकाे प्रवक्ता निराेज पाैडेलले जानकारी दिए।
संगठनको दैनिकी रुपमा गरिने कामकाजको जिम्मेवारी र संघले तय गर्ने अबको आन्दोलनको सम्पूर्ण ब्यवस्थापन कार्यवाहाक अध्यक्ष पुष्प श्रेष्ठले गर्नु हुने संघका प्रवक्ता पौडेलले जानकारी दिए।
युवा संघले शनिबार महंगी, कालोबजारी र भ्रष्टचार बिरुद्ध सडक आन्दोलन पुष्प श्रेष्ठको नेतृत्वमा गरेको थियो
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ। भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।







डिसी नेपाल








Facebook Comment