पाकिस्तानलाई हराउँदै भारतले हकी एसिया कप जित्यो

डिसी नेपाल
१७ भदौ २०८० १४:४२
1.7k
Shares

काठमाडौं । पुरुष एसिया कपको फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पेनाल्टी सुटआउटमा २–० ले हराउँदै भारतीय हक्की टोली च्याम्पियन बनेको छ ।

निर्धारित समयसम्म दुवै टोली ४–४ गोलको बराबरीमा रहेका थिए । यस प्रतियोगितामा जितसँगै भारत सन् २०२४ मा हुने पुरुष हक्की विश्वकप खेल्न छनोट भएको छ ।

फाइनल खेलमा भारतका लागि मोहम्मद राहिलले दुई गोल गरे । जुगराज सिंह र मनिन्दर सिंहले एक एक गोल गरे ।

पाकिस्तानका लागि अब्दुल रहमान, कप्तान अब्दुल राना, जिकारिया हयात र अरशद लियाकतले गोल गरे ।

निर्धारित समयमा ४–४ गोलको बराबरी हुँदा भारतका लागि गुर्जोत सिंह र मनिन्दर सिंहले दुई–दुई गोल गरेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।

जबकि पाकिस्तानका अरशद लियाकत र मोहम्मद मोर्तजाले गोल गर्न सकेनन् र योसँगै भारतीय टोलीले एसिया कप हक्कीको उपाधि जितेको छ ।

भारतको यो जितमा हक्की इण्डियाले प्रत्येक खेलाडीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ भने सपोर्ट स्टाफलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

यो खेल अघि, बीसीसीआईले ट्विट गर्दै हक्की टोलीलाई फाइनलको लागि शुभकामना दिएको थियो।

एसिया कप जितेपछि भारतीय हक्की महासंघले बीसीसीआईलाई बधाई दिएकोमा धन्यवाद दिँदै भनेको छ ‘हामीले एसिया कप जितेका छौं, अब तपाईको पालो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.