कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट

डिसी नेपाल
१८ भदौ २०८० १६:०३
364
Shares

काठमाडौं । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक भारतविरुद्ध खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपाली ओपनर कुशल भुर्तेल आउट भएका छन् ।

भुर्तेलले २५ बल खेलेर ३८ रन बनाए । सुरुबाटै आक्रामक खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशल आउट हुँदा अर्को इण्डमा आसिफ शेख २३ रन बनाएर खेलिरहेका छन् । १० ओभरमा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.