नेपालविरुद्धको खेलमा जित हासिल गरेपछि पनि रोहित शर्मालाई पछुतो

डिसी नेपाल
१९ भदौ २०८० १६:०७
36.6k
Shares

काठमाडौं । सोमबार नेपालविरुद्ध पहिलो पटक खेलेको भारतीय टोलीका खेलाडीको प्रदर्शनबाट कप्तान रोहित शर्मा सन्तुष्ट छैनन् ।

रोहित शर्माले एसिया कपमा भारतीय क्रिकेट टोलीले अहिलेसम्म आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको र सुपर–४ चरणका लागि टोलीले सुधार गर्नुपर्नेमा सहमत भएको बताए ।

पाकिस्तानसँगको भारतको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

यसपछि सोमबार भारतले नेपालसँगको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा १० विकेटले जित हात पारेको हो ।

खेलपछिको प्रस्तुतिको क्रममा रोहित शर्माले भने, “हामीले आफ्नो उत्कृष्ट खेल्न सकेनौं, तर केही केटाहरू धेरै महिना बाहिर रहेपछि पुनरागमन गरिरहेका छन्। हामी सुपर फोरमा पुगिसकेपछि सन्तुष्टिको लागि ठाउँ रहनेछैन।”

रोहितले टोलीका कमजोरीहरू गणना गर्दै भने, “पहिलो खेलमा दबाबमा हुँदा हार्दिक पाण्ड्या र इशान (किशन) ले हामीलाई राम्रो स्थितिमा पुर्याए। आज हाम्रो बलिङ राम्रो थियो तर फिल्डिङ अपेक्षाभन्दा कम थियो।”

वर्षाका कारण भारतलाई २३ ओभरमा १४५ रन बनाउने लक्ष्य थियो । रोहित शर्मा र शुभमन गिलले अविजित रहँदै पूरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.