भारत पाकिस्तान क्रिकेट सम्बन्ध सुधारिँदै, बीसीसीआइ अध्यक्षसहित पदाधिकारी पाकिस्तान गए
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिन्नी र उपाध्यक्ष राजीव शुक्लाको नेतृत्वमा एक प्रतिनिधिमण्डल सोमबार अटारी-वाघा सीमा पार गरी पाकिस्तान गएको छ।
यी व्यक्तिहरू लाहोरमा हुने एसिया कपको खेलमा सहभागी हुनेछन् । समाचार एजेन्सी एएनआईले जारी गरेको भिडियोमा उनीहरूले दुई अफिसरसँग फोटो खिचाउँदै गरेको देखिन्छ ।
यस अवसरमा राजीव शुक्लाले भने, ‘यो प्रतिनिधिमण्डल बीसीसीआईबाट जाँदैछ। रोजर बिन्नी र मेरो नेतृत्वमा बीसीसीआईको सद्भावना भ्रमणको रूपमा सहभागिता हुनेछ।’
उनले भने, ‘बीसीसीआईका सचिव एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष हुन्। हामी पहिले अर्को आयोजक देश श्रीलंका गयौं र अहिले पाकिस्तान जाँदैछौं। त्यहाँ तीन टोलीहरू पनि हुनेछन् जससँग भेटघाट हुनेछ।
त्यही क्रममा रोजर बिन्नीले भने कि हामी त्यहाँ खेल हेर्न जाँदैछौं। यसअघि हामी श्रीलंका पनि गएका थियौं । उनले आफू पछिल्लो पटक सन् २००४–०५ मा पाकिस्तान गएको बताए ।
लाहोरमा मंगलबार अफगानिस्तान र श्रीलंकाबीचको खेल हुँदैछ । सोही मैदानमा बुधबार समूह ‘बी’ को दोस्रो स्थानको टोली र पाकिस्तानबीच खेल हुँदैछ ।







डिसी नेपाल







Facebook Comment