एसिया कप : खेल श्रीलंकाले जिते पनि अफगानिस्तानका राशिद खान चर्चामा

डिसी नेपाल
२० भदौ २०८० १५:४५
27.5k
Shares

काठमाडौं । एसिया कपको समूह चरणमा मंगलबार रोमाञ्चक खेल भएको छ । यस खेलमा श्रीलंकाले अफगानिस्तानलाई २ रनले हराएको थियो तर यसका बाबजुद पनि अफगानिस्तान र विशेषगरी उसका खेलाडी राशिद खानको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानलाई २९२ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले ३७.४ ओभरमा २८९ रन बनाएको थियो । तर टोली यहाँ अलआउट भयो र एशिया कपमा उसको यात्रा पनि समाप्त भयो।

सुपर–४ मा पुग्न अफगानिस्तानले ३७.१ ओभरमा २९२ रनको लक्ष्य हासिल गर्नुपर्ने थियो ।

टोलीका स्टार खेलाडी राशिद खानले अर्को छेउमा उभिएर १६ बलमा अविजित २७ रन बनाए पनि लगातार विकेटको पतनका कारण खेल बचाउन सकेनन् ।

हारपछि रसिद खान निराश भएर ब्याटमा टाउको राखेर मैदानमा बसे । अहिले उनको र अफगानिस्तानको खेलकुदको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

एक प्रयोगकर्ताले लेखे, “श्रीलंकाले अफगानिस्तानलाई मात्र दुई रनले हरायो! इतिहासको उत्कृष्ट खेलहरू मध्ये एक । अफगानिस्तानले उनीहरूको प्रयासमा गर्व गर्नुपर्छ। खेलाडीहरूले अर्को चरण पुग्नका लागि आफ्नो सबै दिए। राशिद खान र नाबीप्रति सहानुभूति छ।”

अर्को प्रयोगकर्ताले लेखे “अफगानिस्तानले खेल हारेको छ तर यो मान्छे (रशिद खान)ले आज अरबौंको मन जित्यो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.