सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

डिसी नेपाल
२१ भदौ २०८० ८:२०
1.2k
Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

मुद्दाको टुंगाे नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बंगलादेश पुरेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.