प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरुसँग प्रश्नोत्तर हुने

डिसी नेपाल
२१ भदौ २०८० ८:५४
36
Shares

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आज बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर हुनेछ। जसअनुसार कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ।

साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.