६५ प्रतिशत हकप्र जोशी हाइड्रोपावरले बोलायो एजीएम
काठमाडौं। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५ प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ।
हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ। सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्। हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।







डिसी नेपाल







Facebook Comment