सन्दीपको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा

डिसी नेपाल
२१ भदौ २०८० ११:५३
1.9k
Shares

काठमाडाैं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा परेको छ। विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो।

जिल्ला अदालतको थुनछेक आदेशबाट थुनामा गएका सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो। सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। कार्कीको इजलासमा तेस्रो नम्बरमा सन्दीपको मुद्दाको पेशी रहेको छ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटेलमा लगेर पटक-पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

मुद्दाको टुंगाे नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बंगलादेश पुरेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.