आइसिसी महिला टि-२० क्रिकेट, नेपालले टस जित्यो

डिसी नेपाल
२२ भदौ २०८० ८:०६
1.0k
Shares

काठमाडौं। आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ। आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ।

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन्। जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि-२० छनोट खेल्न पाउनेछ। जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन। नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.