राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

डिसी नेपाल
२२ भदौ २०८० १५:०८
196
Shares

काठमाडौं। राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्को  सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएको संघीय संसदका महासचिव भरत गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.