यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको र्‍याली, गृहमन्त्रीको राजीनामा माग

डिसी नेपाल
२२ भदौ २०८० १६:१५
20
Shares

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल तरुण दलले काठमाडौंमा विरोध र्‍याली निकालेको छ । राज्यले सुरक्षाको प्रत्याभूति नगर्दा आफ्ना नेतामाथि आक्रमण भएको र आक्रमण गर्नलाई कडा कारवाही गर्नुपर्ने माग राख्दै तरुण दलले शुक्रबार काठमाडौंमा विरोध र्‍याली आयोजना गरेको हो ।

काठमाडौंको रत्नपार्कबाट सुरु भएको र्‍याली जमल घण्टाघर हुदै पुन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले सुरक्षा प्रदान गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

साथै उनीहरुले शान्ति सुरक्षा कायम गर, अपराधीलाई कडा कारवाही गर, हत्या हिंसा बन्द गर, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए । तरुण दलका केन्द्रीय सदस्य दिनेश राईले अराजक तत्वहरुले नेताहरुमाथि आक्रमण हुँदा पनि शान्ति सुरक्षा कायम हुन नसकेकाले बाध्य भएर विरोध प्रदर्शन गर्नुपरेको बताए ।

बुधबार नेता यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा भृकुटिमण्डपमा खुकुरी प्रहार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.