कोशी प्रदेशः ३ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार हुने

डिसी नेपाल
२२ भदौ २०८० १८:३४
752
Shares

काठमाडौं । कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएपछि उनले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की र पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका हुन । यस्तै समानुपातिक सांसद सृजना राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.