गोरखा पुगेर प्रधानमन्त्री दाहालले भने- माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं
गोरखा। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्।
शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग(वाइसीएल)नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गरे।अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको उनले बताए।
प्रधानमन्त्रीले भने,‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ।’
सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनले बताए। भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरू अत्तलिएको प्रधानमन्त्री दाहालले बताए।
सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको र कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए।
छिट्टै चीन भ्रमण जान लागेको जानकारी दिँदै उनले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा प्राथमिकतामा रहेको जनाए।







डिसी नेपाल








Facebook Comment