बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्बदलीय बैठक बस्दै

डिसी नेपाल
२४ भदौ २०८० ६:५२
44
Shares

हेटौंडा। बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ। आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखेपछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन्।

सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ। साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ। गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ।

उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन्। सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.