एनआरएनएमा जुटेन सहमति: शेष घले पक्षधरले अलग्गै महाधिवेसन गर्ने घोषणा

डिसी नेपाल
२४ भदौ २०८० ९:१४
284
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः बिभाजित अवस्थामा पुगेको छ।

संस्थापन पक्षधरसँग असन्तुष्ट रहँदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः बिभाजनको दिसातर्फ गएको हो।

संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ।

शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको बिशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो। जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ।

साथै, संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.