एसिया कप : पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दियो

डिसी नेपाल
२४ भदौ २०८० १५:००
504
Shares

काठमाडौं । एसिया कप क्रिकेटमा आज आइतबार भारत र पाकिस्तानबीचको खेल हुँदैछ । पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । अर्थात् भारतीय टोलीले पहिले ब्याटिङ गर्नेछ ।

मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार खेल अवधिभर वर्षाको सम्भावना रहेको छ । यसैलाई ध्यानमा राख्दै खेलको लागि रिजर्भ डे पनि राखिएको छ ।

भारतको टोलीमा रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, शुभमन गिल, रवीन्द्र जडेजा, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज, केएल राहुल, शार्दुल ठाकुर र इशान किशन छन् ।

पाकिस्तानको टोलीमा बाबर आजम, शादाब खान, फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, फहीम अशरफ, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ।

सेप्टेम्बर २ मा पनि भारत र पाकिस्तानबीच भिडन्त भएको थियो । यो खेलमा भारतका ओपनिङ ब्याट्सम्यानले पाकिस्तानका बलरको सामना गर्न सकेनन् ।

भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्ने मौका पाएन र खेल रद्द भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.