वर्षाले स्थगित भारत र पाकिस्तानबीचको खेल आज
काठमाडाैं। वर्षाका कारण आइतबार स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ। आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ।
कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो।
आज भारतले खेल यहीबाट शुरु गर्नेछ। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो। त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ।
आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अंक बाँड्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment