नोभाक जोकोभिचले यूएस ओपन जितेर २४ ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाए
काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिचले ड्यानिल मेदभेदेवलाई हराएर यूएस ओपन जितेका छन् । योसँगै उनी २४ ग्रान्डस्लाम जित्ने टेनिस स्टार बनेका छन् ।
जोकोभिचले टेनिसमा विश्वकै उत्कृष्ट खेलाडी मानिने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरेका छन् ।
न्युयोर्कमा आइतबार साँझ भएको उक्त खेलमा सर्बियाका जोकोभिकले रुसी खेलाडी मेदभेदेभलाई ३ घण्टा १७ मिनेटको खेलमा ६-३, ७-६ (७/५) ६-३ को सेटमा पराजित गरेका हुन् ।
अष्ट्रेलियन र फ्रेन्च ओपन जितेका जोकोभिचको यो सिजनको तेस्रो ग्राण्डस्लाम उपाधि हो। यो सिजन उनले विम्बल्डन मात्र हारेका छन् ।
सन् २०२१ मा यो खेलमा मेदभेदेवसँग जोकोभिच पराजित भएका थिए । खेलकुद विज्ञहरुले रुसी खेलाडीसँगको हारको बदला दुई वर्षपछि लिएको बताएका छन् । जोकोभिचले कोभिड भ्याक्सिन नलिएका कारण सन् २०२२ मा भएको यो प्रतियोगितामा भाग लिएका थिएनन् ।







डिसी नेपाल







Facebook Comment