एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक

डिसी नेपाल
२६ भदौ २०८० १०:१३
760
Shares

काठमाडौं। नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो। सो बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय, च्यासलमा बस्नेछ।

एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाईका बारेमा निर्णय लिनका लागि सो बैठक बोलाइएको हो।

नेम्वाङको गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई आज र भोली च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.