शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनद्वारा आन्दोलनकाे चेतावनी

डिसी नेपाल
२९ भदौ २०८० १३:३७
100
Shares

काठमाडाैं। इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

यसअघि करिव ३ लाख रहेको शुल्कलाई बृद्धि गरि ७ लाख ७५ हजार पुराएपछि यसअघि आन्दोलित बिद्यार्थीहरु र प्रशासनबीच तत्काल शुल्क बृद्धि नगर्ने सहमति भएाकाे थियो। तर शुल्क समायोजन गर्न गठित ११ सदस्यीय समितिले पुन ५ लाख भन्दा बढि शुल्क लिन सिफारिस गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानका कारण ०६२/६३ मा पनि नरोकिएको इन्जिनियरिङको परिक्षा रोकिएको आरोप लगाए।

उनले परीक्षालाई सहज रुपमा अघि बढाउन यसअघि बिद्यार्थीहरुले संस्थानसँग सहमति गरेपनि सम्झौताको मसि सुक्न नपाउँदै इन्जिनियरिङ अध्ययन संस्थानले पुन शुल्क बृद्धि गर्न खोजेको अरोप लगाए।

त्यस्तै अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले अहिले ५ लाख ५४ हजार शुल्क तोक्ने तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई स्वीकार्य नहुने बताइन्।

उनले संस्थानको सुधारका लागि आफूहरु प्रतिवद्ध रहेपनि विद्यार्थीहरुलाई मर्कामा पार्ने गरि गर्न लागिएको शुल्कबृद्धि कार्यान्वयन नगर्न सुझाव दिइन्।

संस्थानलाई घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले बिद्यार्थी र संस्थानको भविष्यमाथि गम्भीर हुन पनि ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.