जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए प्रधानमन्त्री दाहाल

डिसी नेपाल
३१ भदौ २०८० १८:५३
312
Shares

न्यूयोर्क। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका आइपुगेका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार न्यूयोर्क आइपुगेका हुन्।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

उनी न्युयोर्कमा रहदा सेप्टेम्बर १७ देखि २१ सम्म हुने महासभाका निर्धारित कार्यक्रमका साथै विभिन्न साइडलाईन बैठकमा सहभागी हुने छन्।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.