शिक्षक महासंघका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन

डिसी नेपाल
४ असोज २०८० २१:३६
48
Shares

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन टुंगिएको छ ।

सिंहदरबारमा बिहिबार साँझ सरकारका चार मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीचको बैठकमा कुनै सहमति जुटेको छैन । भोलि शुक्रबार विहान ८ बजे औपचारिक वार्ता हुने भएको छ ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।

यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट रहँदै आएका छ्न। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। आन्दोलन पक्ष र सरकारबीच आज बिहान पनि वार्ता भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.