आगामी निर्वाचनमा माओवादीले एक्लै चुनाव लड्ने तयारी गरेकाे छः प्रवक्ता सापकोटा

डिसी नेपाल
१४ असोज २०८० १७:०३
232
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै लड्ने गरि तयारी गरिरहेको जनाएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरि तीन महिने अभियान सञ्चालन गरिरहेको बताए।उनले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोव्वर भन्दा मत बढाउने विश्वास पैदा भएको बताए।

सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धती लगाएतमा बहस गर्ने र त्यसपछि बिशेष महाविधेशन आयोजना गर्ने जानकारी दिए। माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उनले पार्टीमा पनि आकर्षण बढेको जिकिर गरे।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए। सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.