बहुमत पुग्ने अवस्थामा मात्रै राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छः संसदीय दलका नेता सिटौला
काठमाडौं। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बहुमत पुग्ने अवस्थामा मात्रै वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन सकिने वताएका छन्।
आइतबार विराटनगरमा राष्ट्रिय प्रजातन्त्र पाटी मोरङको गतिविधि बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सिटौलाले विगतको निर्वाचनमा सहकार्य गरेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन्।
कोशी प्रदेशका जनताहरुले मध्यावधि नचाहेको र प्रदेशमा राजनैतिक स्थिरताका लागि ठुला दलहरु मिल्नुपर्ने उहाले बताउनुभयो । नेता सिटौलाले विपक्षी गठबन्धनले अहिले सम्म राप्रपासंग समर्थन माग्न र कुनै बार्ता गर्न समेत नआएको बताए।
उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अव कोशीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए। सिटौलाले जातिय सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासको आफुहरुले सधै विरोध गर्ने बताउदै कोशी प्रदेशका नामाकरण बारे प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण कोशी प्रदेशमा अस्थिरता उत्पन्न भएको र आन्दोलन भईरहेको बताए।







डिसी नेपाल








Facebook Comment