एसियाली खेलकुदको पदकमा विवाद, चौथो स्थानमा रहेकी खेलाडीले कास्य विजेतालाई ट्रान्सजेन्डर भनिन्

डिसी नेपाल
१५ असोज २०८० १५:३९
1.2k
Shares

काठमाडौं । एसियाली खेलकुदमा हेप्टाथलनमा चौथो रहेकी खेलाडी सपना बर्मनले भारतका लागि कास्य पदक जितेकी नन्दिनी अगासराको पदकमाथि आफ्नो दाबी गरेकी छीन् ।

सपना बर्मनले सामाजिक सञ्जाल ‘एक्स’ मा नन्दिनी ट्रान्सजेन्डर भएको लेखेकी छिन् । सपनाको आरोपअनुसार नन्दिनी ट्रान्सजेन्डर हुन् तर उनी महिला विधामा सहभागी भइन् । सपनाले नन्दिनी महिला नभएकोले उनको सहभागिता अवैध हुने र आफू चौथो स्थानमा रहेकाले यो पदक आफ्नो हुनुपर्ने दाबी गरेकी छिन् ।

बर्मनले एक्समा लेखेकी छिन्, ‘मैले चीनको हाङ्झाउ सहरमा चलिरहेको १९औँ एसियाली खेलकुदको हेप्टाथलनमा एक ट्रान्सजेन्डर महिलासँग कास्य पदक गुमाए । म मेरो पदक फिर्ता चाहन्छु किनभने यो हाम्रो एथलेटिक्सको नियम विरुद्ध हो। मलाई सहयोग गर्नुहोस् । मलाई तपाइँहरूको साथ चाहिन्छ।’

हेप्टाथलनमा सातवटा प्रतियोगिता हुने गर्दछ । यसमा महिला र पुरुष दुवै सहभागी हुन्छन् । महिलाका लागि हेप्टाथलनमा १०० मिटर बाधा दौड, लङ जम्प, भाला थ्रो, २०० मिटर दौड, हाइ जम्प, ८०० मिटर दौड र सटपुट समावेश छ ।

पुरुषको इनडोर प्रतियोगिताका लागि हेप्टाथलनमा ६० मिटर, १ हजार मिटर, सटपुट, ६० मिटर हर्डल्स, हाई जम्प, लङ जम्प र पोल भल्ट समावेश छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.