चीनको चाङ्गे ६ पाकिस्तानको पेलोड लिएर चन्द्रमामा जाने
काठमाडौं । पाकिस्तान र चीनबीचको मित्रता अब अन्तरिक्षमा सहयोगतर्फ अघि बढिरहेको छ ।
चीनको अन्तरिक्ष एजेन्सी चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले चन्द्रमामा आफ्नो अर्को मिसनमा पाकिस्तानको पेलोड पनि आफूसँगै लैजाने बताएको छ।
यस चिनियाँ अभियानलाई चाङ्गे-६ नाम दिइएको छ, जसलाई २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा पठाइनेछ। यसको लक्ष्य चन्द्रमाको दक्षिणी भागबाट माटो ल्याउनु हो।
ग्लोबल टाइम्सको रिपोर्टमा भनिएको छ कि चन्द्रमामा हालसम्म पठाइएका १० वटा मिसनहरू चन्द्रमाको नजिकको भागमा अवतरण गरिएका छन्। चीनको चाङ्गे–६ मिसनले केही देशबाट पेलोड बोकेर चन्द्रमामा जानेछ । यसमा फ्रान्स, इटाली र पाकिस्तान सामेल छन्।
भारतले आफ्नो चन्द्रयान-३ मिसनमा सातवटा पेलोड पठाएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment