म्यानचेस्टर सिटीको लगातार दोस्रो जीत
काठमाडौं। म्यानचेष्टर सिटीले लगातार दोस्रो जित निकालेको छ। युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जीत हासिल गरेको हो।
बुधबार राति भएको खेलमा आरबी लिपजिकलाई ३-१ गोलले पराजित गरेर उसले दोस्रो पटक पनि जीत हासिल गरेको हो। सिटिलाई जित दिलाउनका लागि फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोलको योगदान गरेका छन्।
पहिलो हाफदेखि नै तिब्र प्रतिस्पर्धात्मक देखिएको खेलको २५ औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटिलाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलले मात्र अग्रता कायम गरेको सिटीलाइ खेलको ४८ औं मिनेटमा ओपेन्डाले गोल गरेपछि बराबरीमा टुंग्याइएको थियो। खेलको अन्तिम समयतिर पुगे पछि जुलियन अल्भारेजले खेलको ८४ औं मिनेटमा दोस्रो गोल गरे पछि खेलले २–१को अग्रता लिन सफल भयो।
सिटी यतिमा रोकिने छाँटकाटमा थिएन र त अतिरिक्त समयको डोकुले थप गोल गरे पछि खेल ३–१ मा टुंगिन पुग्यो। यो जितसँगै सिटी दुई खेलबाट ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट तीन अंक बनाएको लिपजिक भने दोस्रो स्थानमा रहन पुगेको छ।







डिसी नेपाल







Facebook Comment