आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्‍याे आवेदन

डिसी नेपाल
१८ असोज २०८० ११:११
168
Shares

काठमाडौ। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओमा आवेदन दिने  बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।  बुधबारमात्रै यस कम्पनीले आईपीओ  भर्ने म्याद थपेको थियो । उक्त दिनमै माग भन्दा बढी आवेदन परेकाले सोनापुर मिनरल्सले आजसम्म मात्रै आवेदन लिने जनाएको छ ।

सीडीएसका अनुसार यसमा बुधबारसम्ममा ९ लाख ८६ हजार ७५० जनाले १ करोड १७ लाख ५२ हजार २९० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १.२० गुणा बढी आवेदन हो । कम्पनीले असोज १४ गतेदेखि १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *