एसियाडमा पदक जित्ने खेलाडीको तस्वीरलाई चीनमा किन सेन्सर गरियो ?

डिसी नेपाल
१८ असोज २०८० १३:२१
1.6k
Shares

काठमाडौं । एसियाली खेलकुदमा १०० मिटर बाधा दौडपछि दुई चिनियाँ खेलाडी लिन युवेई र वु येन्नीले एकअर्कालाई अँगालो हालेका थिए तर चीनमा दुवैको यो तस्विर सेन्सर भएको छ ।

यी दुई मध्ये एक खेलाडीको संख्या नम्बर ६ थियो र अर्को खेलाडीको नम्बर ४ थियो जुन ६४ हो । यो संख्या चिनियाँ अधिकारीहरूले जनताको सम्झनाबाटबाट मेटाउन चाहेको संख्या हो ।

सन् १९८९ मा जुन ४ (छैठौं महिनाको चौथो दिन) मा चीनमा प्रजातन्त्रका समर्थकहरूमाथि सैनिकहरूले गोली चलाएका थिए, जसमा सयौंको मृत्यु भएको थियो।

यद्यपी यस घटनामा मृत्यु हुनेको वास्तविक संख्या अझै थाहा हुन सकेको छैन ।

चीनको सामाजिक सञ्जाल प्लेटफर्ममा मानिसहरूले यस प्रतियोगितामा स्वर्ण जितेकोमा लिनलाई बधाई दिँदै पोस्ट गरेका थिए । तर फोटोहरू समावेश गरिएका पोस्टहरूमा नम्बर धमिल्याइएको थियो।

यद्यपि, चीनबाट केही समाचार लेखहरूमा अझै पनि यी फोटोहरू देख्न सकिन्छ। तियानमेन स्क्वायरको बारेमा कुरा गर्नु अझै पनि चीनमा धेरै संवेदनशील विषय हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.