आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल हुने गरेको गगन थापाको दाबी

डिसी नेपाल
१८ असोज २०८० १४:३७
96
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन्।

उनले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उनको भनाइ छ।

उनले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए। थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बद्नाम हुनुबाट रोक्नुपर्ने बताए उनले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे।

‘संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाह गरिएको छ। बद्नियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक छ, बाञ्छनीय छ ,’ थापाले भने, ‘ यसको विरोध हुन्छ, हामी विरोध गर्छौं।’

थापाले भने, ‘सदनमा यो कुरा विषय उठेको हुनले सरकारले यहाँ आएर यसको कारण हामीलाई बताउन पर्छ। यसको फेस गर्नपर्छ। जवाफ दिनुपर्छ, निर्णय आफू गरेर भाग्न पाइँदैन। हामीलाई यसको जवाफ चाहिन्छ, किन गरेको? यत्रो सार्वजनिक प्रश्न उठेको छ । यसका बारेमा जवाफ चाहिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.