विश्वकप क्रिकेट : इंग्ल्याण्डले न्यूजिल्याण्डलाई दियो २८३ रनको लक्ष्य

डिसी नेपाल
१८ असोज २०८० १७:५३
52
Shares

काठमाडौं । भारतमा आज देखि सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २८३ रनको लक्ष्य दिएको छ । अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा इंग्ल्याण्डले २८२ रन बनायो

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनायो । इंग्ल्याण्डका लागि जो रुटले अर्धसतकीय पारी खेले । उनले ८६ बलमा ४ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । कप्तान जोश बटलरले ४३ रन बनाउँदा ओपनर जोनी बेअरस्टोले ३३ रन बनाए ।

न्यूजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै मिचेल शेन्टनर र ग्लेन फिलिप्सले समान २/२ विकेट लिए । ईंग्ल्याण्डले २०१९ को विश्वकपमा न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.