नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट चाँडै हट्छ : पर्यटनमन्त्री

डिसी नेपाल
१८ असोज २०८० १८:१६
20
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट चाँडै हट्ने दावी गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किरातीले सेप्टेम्बर ११ देखि १५ सम्म ईयूको टोलीले अडिट गरेर गएको जानकारी दिदै छिटै नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट हट्ने दावी गरेका हुन् । उनले पछिल्लो समय नेपालले हवाई सुरक्षा दरमा वृद्धि गरेकाले ईयूको कालोसूचीबाट हट्ने जिकिर गरे ।

त्यस्तै उनले नागरिक उड्ययन प्राधिकरण विभाजनसम्बन्धी विधेयक पनि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति मन्त्रीपरिषद्मा गएको जानकारी दिए । मन्त्री किरातीले आफु मन्त्रालयमा आएपछि रु चार अर्ब ऋण तिर्न सफल भएको र क्रमश नाफामा नै रहेको बताए । उनले अन्तराष्ट्रिय विमानस्थल निर्माण भएपछि विमानहरु सञ्चालनका लागि विदेशी वायुसेवासँग कुरा भइरहेको र स्वदेशी विमानले उडान भरिरहेको बताए ।

बैठकमा समिति सदस्यहरुले निजी कम्पनीसंग प्रतिपर्धा गरेर निगमले सेवा बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए । समिति सभापति राजकिशोर यादवले निगमलाई धरासायी अवस्थामा पर्‍याउनेको खोजी गरि दीर्घकालीन हितका लागि आवश्यक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.