जनयुद्ध दिवसका विषयमा ओलीले बोलेको कुरा बेठिक छ : वर्षमान पुन

डिसी नेपाल
१८ असोज २०८० १८:३१
36
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्ध दिवसका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धकाबारेमा राखेको धारणा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका हुन् । उनले केपी ओलीको अभिव्यक्ति सबै परिवर्तनलाई स्वीकृत गर्ने खालको रहेको र एमालेको आधिकारीक धारणा हो जस्तो आफुलाई नलागेको धारणा राखे । उनले पीडितलाई न्याय दिने गरि शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टिआरसीका विषयमा सबै दलहरु सहमति नजिक रहेको बताए ।

पुनले शान्ति प्रक्रिया सबैका साझा विषय भएकाले अहिलेको सरकारले मात्रै स्वामित्व लिन नमिल्ने र प्रतिपक्षीको पनि स्वामित्व रहनेगरि शान्ति प्रक्रिया टुङ्गो लाग्ने जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.