रास्वपाले गठन गर्‍यो दुई अध्ययन कार्यदल

डिसी नेपाल
२० असोज २०८० १०:५१
52
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारका पुर्व सचिवसमेत राखेर  अध्ययन कार्यदल बनाएको छ ।

हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सो अध्ययन कार्यदल बनाएको हो ।

जसमा नेपाल सरकार पुर्व सचिवहरू शारदाप्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, भागवत खनाल पूर्व प्रशासक,अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल (चार्टर्ड एकाउन्टेन्ट, पूर्व प्रशासक) सो कार्यदल सदस्यका रुपमा रहेका छन्।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार  नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका सहित अर्को कार्यदल पनि गठन गरिएको छ ।

जुन कार्यदलमा इन्जिनियर श्रीराम न्यौपाने, जो उर्जा तथा भूमिगत संरचना विज्ञ हुन्। उनको संयोजकत्वमा अर्को कार्यदल बनाईएको हो । जुन कार्यदलमा नेपाल सरकार पुर्व सचिव ईन्जिनियर देबेन्द्र कार्की, उर्जा बिज्ञ डा सरोज अधिकारी सदस्यको रुपमा रहेका छन्।

साथै, पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय पनि भएको प्रवक्ता ढकालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.