सबै पार्टीहरुलाई एकै ठाउँ राखेर हेर्न हुँदैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै पार्टीहरुलाई एकै ठाउँ राखेर हेर्न नहुने बताएका छन् ।
एमाले सम्पर्क समन्वयन कमिटिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले धेरै पार्टीहरुलाई एकै ठाउँ राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका छन् ।
उनले सबै नेताहरुलाई आरोप र आशंका दृष्टिले हेर्दा समाज ठिक ठाउँमा जान नसक्ने बताए । ओलीले चाडपर्वलाई भ्रमबाट दुर गर्ने, चेतनाको प्रकाश पुराउने माध्यमको रुपमा लिनुपर्ने धारणा पनि राखे ।
चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment