साउथ अफ्रिकाले श्रीलंकालाई दियो ४२९ रनको विशाल लक्ष्य, तीन खेलाडीको सतक

डिसी नेपाल
२० असोज २०८० १८:३०
696
Shares

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा आज साउथ अफ्रिका र श्रीलंकाबीच खेल भइरहेको छ । दिल्लीमा जारी खेलमा अफ्रिकाले पहिला ब्याटिङ गर्दै श्रीलंकालाई ४२९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनायो । अफ्रिकाका तीन खेलाडीले सतक बनाए । ओपनर क्वीन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १०० रन बनाए । यस्तै रस्सी भान डेर डुसेनले ११० बलमा १३ चौका २ छक्को साथमा १०८ रन बनाउँदा एडेन मार्करमले ५४ बलमा १४ चौका र ३ छक्काको मद्दतमा १०६ रन बनाए । डेभिड मिलरले २१ बलमा ३९ रन बनाए ।

श्रीलंकाका दिल्शान मदुशनाकाले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.