कोशीमा सरकार गठनका लागि छ दिनको समय

डिसी नेपाल
२० असोज २०८० २०:३१
36
Shares

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले ६ दिनको म्याद दिएका छन् । शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिएसँगै प्रेदश प्रमुख परशुराम खापुङले दलहरुलाई नयाँ सरकार गठनको लागि असोज २६ गते शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै पनि सदस्य मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन्। यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.