बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

डिसी नेपाल
२१ असोज २०८० १३:००
32
Shares

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजना गरिएको बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएपनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका हुन्।

कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उनले बताए।

कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहहरुका कारण बीआरआई परियोजनामा ढिलाई भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको दाबी गरे।

उनले चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास व्यक्त गरे।

उनले आफ्नो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरे।

त्यस्तै उनले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहने स्पष्ट पारे।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले बिआरआईमा आधारित परियोजनालाई नेपालको बिभिन्न क्षेत्रमा सफल कार्यान्वयनका लागि चीनले आवश्यक सहयोग गर्ने बताए।

स्थानीय बिकासका लागि बिआरआई निकै महत्वपूर्ण देखिएको उनको भनाइ छ। बिआरआईका बारेमा जनतालाई सहि सूचना दिएर यसलाई नेपाल सरकारले अघि बढाउने उहाले विश्वास व्यक्त गरे। उनले बिभिन्न क्षेत्रमा आर्थिकलगायतका क्षेत्रको बिकासका लागि चीनको सदैव सकारात्मक सहयोग निरन्तर हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.